वीरगंज जेठ १४ गते  । रक्सौल नाकामा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने क्रम सुरु भएको छ ।

वीरगञ्जसँग सिमाना जोडिएको भारतको रक्सौलमा लामो समयदेखि अलपत्र नेपालीहरुलाई वीरगञ्ज भित्र्याउने क्रम सुरु भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

सहायक प्रजिअ बस्नेतका अनुसार अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्री सकेका छन् । रक्सौलमा करिब ३५० जना नेपाली रहेको अनुमान छ ।

बिहानैदेखि वीरगञ्ज भित्रिएका नेपालीहरु पर्सा लगायत २५ जिल्ला भन्दा बढी ठाउँका छन् ।

पर्सा र काठमाडौंबाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको उनले बताए ।

पर्सा र काठमाडौंका नागरिकलाई भने वीरगञ्जका विभिन्न स्थलमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने उनले बताए ।

पर्साका विभिन्न स्थानीय तहका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा समेत पठाउन सकिने उनको भनाइ छ ।

रक्सौलमा अलपत्र नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको प्रयास बल्ल आज सफल भएको उनले बताए ।

सहायक प्रजिअ बस्नेतले भने, ‘काठमाडौंका २ जना छन् । उनीहरुलाई अहिले नपठाउनू भन्ने कुरा आएको छ । त्यसैले उनीहरुलाई वीरगञ्जकै क्वारेन्टाइनमा राख्छौं । बाँकी अन्य जिल्लाकालाई उतै क्वारेन्टाइनमा राख्ने गरी सम्बन्धित जिल्लाका प्रजिअसँग समन्वय भइसकेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय