भोली पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने बताइएको छ ।

साँकेतिक तस्विर

जनकपुरधाम । धनुषामा एक महिलालाई ट्रयाक्टरलाई ठक्कर दिदा घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरमा आज साँझ ट्रयाक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
सबैला र रघुनाथपुरको बीचमा रहेको सशस्त्र बेस क्याम्प नजिक साँझ करिब ७ः३० बजेको समयमा अनटेस्ट (नम्बर नभएको) ट्रयाक्टरले ठक्कर दिएपछि स्थानीय ४२ बर्षिय सुमित्रा देवी साह तेलीको मृत्यू भएको हो ।
साँझ आएको हावाहुरीबाट बच्नको लागि खेतबाट घरतर्फ भाग्दै गर्दा अँध्यारोमा ट्रयाक्टरले ठक्कर दिएको बुझिएको छ । उनको घटनास्थलमै मृत्यू भएको बताइएको छ ।
ईलाका प्रहरी कार्यालय सबैलाका अनुसार तीव्र गतिमा रहेको ट्रयाक्टरले तेलीलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रयाक्टर चालक सबैला नगरपालिका वडा नं. १२ बरकुरबा बस्ने अन्दाजी वर्ष २२ का शम्भु सदा प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
मृतक तेलीको शवको पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल ल्याइएको जनाइएको छ । भोली पोष्टमार्टमपछि शव परिवारजनलाई जिम्मा लगाउने बताइएको छ ।
सभार न्युज ब्युरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय