वीरगंज जेठ १२ गते / वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका एक ब्यक्तीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराका ७० वर्षिय ती बृद्धको मृगौलाको उपचारका क्रममा गत जेठ चार गते मृत्यु भएको थियो ।

करैयामाई गाउँपालिका वडा नम्बर सातका ती बृद्धको नारायणी अस्पतालमा गरिएको परिक्षण शंकास्पद देखिएपछी थप परिक्षणका लागि पठाइएकोमा आज पोजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो । तर परिक्षणको रिपोर्ट नआउँदै अस्पतालले शव परिवारको जिम्मा लगाएपछी सोही दिन दाह संस्कार समेत गरिसकिएको छ ।

परिवारले नै दाहसंस्कार गरिसकेको ब्यक्तीको रिपोर्ट पोजेटिभ आएपछी नेश्नल मेडिकल कलेजको लापरवाहि देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय