सिरहा,९ जेष्ठ । जिल्लाको नरहा गाउँपालिका–१ मा राहत वितरणको कुरालाई लिएर विवाद भई कुटपिट हुँदा दर्जनौं व्यक्ति घाइते भएको छ भने चार जना रेफर भएका छन् ।

वडाध्यक्ष पक्ष र नेपाली काँग्रेस पक्षधरबीच राहतको कुरालाई लिएर विवाद भई कुटपिट भएको हो । घाइते हुनेहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, अजय चौधरी, गुणे चौधरी, कुलदेव चौधरी, अर्जुन राय वडाध्यक्ष पक्षधर छन् भने उर्मिला कामति, रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतर मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डल नेपाली काँग्रेस पक्षधर रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

अत्यधिक रक्तश्राव भएको कारण उपचार असम्भव भएपछि विषेश उपचारका लागि उर्मिला, रामजीवन, रामचन्द्र लगायत चारजनालाई रेफर गरिएको जिल्ला अस्पताल सिरहाले जनाएको छ । घाइतेहरुको उपचार भइरहेको र घटनाबारे अनुसन्धान पनि जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए ।

राहत वितरण गर्ने लक्ष्यका साथ फारम भरी तयार गरिएको नामावलीलाई पाखा लगाउदै वडाध्यक्षले आफ्नै मनोपोली अनुसार राहत वितरण गरेको कुरा उठेपछि काँग्रेस सहित त्यहाँका स्थानीयहरुले राहत पाएका नामावली माग गर्न वडा कार्यालयमा ताकेता थालेका थिए । राहत वितरण गरेको झण्डै महिना दिन पुग्न लाग्दा पनि त्यस सम्बन्धी नामावली सार्वजनिक नगर्नुका साथै छुट हुन गएकाहरुका लागि थप राहत सामग्रीको व्यवस्था गर्न नसक्दा आक्रोश बढेको थियो ।

‘वडाध्यक्षले आफ्नै नजिकका व्यक्तिहरुलाई राहत दिएर काँग्रेस निकटलाई पाखा लगाएपछि राहत पाएकाहरुको नामावलीको माग गरेको,’फौदार मण्डलले भने,‘सजिलो रुपमा नामावली दिइने अवस्था भएपनि वडाध्यक्षले आजभोली गर्दै समय टार्दै आएका थिए र पछिल्लो पटक वडाध्यक्षकै इशारा तथा योजनामा आफुहरुमाथि वडा कार्यालयमै आक्रमण भएको छ ।’

आत्मरक्षा गर्ने क्रममा वडाध्यक्ष पक्षका केही व्यक्तिहरु घाइते भएको उनले दावी गरे । ‘५ सय १७ घरलाई बैशाखमै राहत वितरण गरियो,’वडाध्यक्ष अशोक कुमार साहले भने,‘केही व्यक्तिले बन्दुक भिडाएको र आफु अहिले यो भन्दा बढि नबोल्ने ।’ राहत वितरणको नामालवीको कुरा राख्नै लाग्दा अधुरै कुरा गर्दै वडाध्यक्ष साहले फोन काटे ।

वडासँग सम्बन्धित अन्य सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएका आरोपमा वडाध्यक्ष पटक पटक विवादमा तानिदै आएको स्थानीयहरुले दाबी गरेका छन् । श्रोतको दाबी अनुसार गाउँपालिका उपाध्यक्ष गुलाव चौधरीको छोरा अरविन्द चौधरीले गोली चलागएको थियो तर गोली चलाए नचलाएको सम्बन्धमा प्रहरीको कुनै प्रक्रिया आएको छैन् ।

समार मिथिला रत्न

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय