जनकपुरधाम

कोरोना भाइरसको महामारीलाई पराजित गर्न देशका सबै शक्ति अहिले दिन रात खटिराखेको छ । देश लकडानमा छ । यसैको मौकाछोपेर प्राकृतिक श्रोतसाधनको उत्खनन ह्वातै बढेको छ ।

पर्यावरण संरक्षक अभियन्ता दिलीपकुमार महतोको हत्या पश्चात पनि धनुषामा अवैध उत्खनन पुनः सुरु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ८ को नजिक बग्ने कमला नदीबाट बुधबार राती करिब १० बजेदेखि अवैद्य रुपमा उत्खनन फेरि सुरु भएको छ। उत्खनन कार्यमा डोजर, टिपर लगाएर अनियन्त्रित ढंगले ढुंगा, बालुवा उत्खनन भइरहेका छन् साथै उत्खनन्कै क्रम्मा बिहान स्थानियहरु पुगदा त्यहाँका नेता र स्थानिय विच विवाद समेत भएका छन् भन्ने स्थानिय निवासी दिपेन्द्र यादवले जानकारी दिएका छन्।

प्रहरीप्रशासन र सरकार आँखाचिम्म गरेर मस्तले निदाइराखेको छ । हरियो बन नेपालको धन, खोलानाला हाम्रो जीवन हो । तस्करहरुले आँखा गाडेर बसेका छन् भने,खोला उत्खनन कार्य जारि छ । जो देशको कानुन मान्दैनन्, नितीमा बस्नु पर्छ भन्ने ठान्दैनन् । अदालतको आदेशलाई समेत धज्जी उडाउँदै खोलानालामा उत्खन्न गरिरहेका छन् । तर, स्थानीय सरकार प्रहरीप्रशासन टुलुटुलु हेरेर बस्नुसिबा के गर्नु पर्छ भनेर ठान्दैन भन्ने स्थानिय वासीन्दाहरुले गुनासो राखेका छन्।

गएको पुस २५ गते मिथिला नगरपालिका ५ स्थित औरही खोलामा अवैध उत्खनन रोक्न गएको बेला स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको टिपरले किचेर हत्या भएपछि धनुषामा अवैध उत्खनन पूर्ण रुपले बन्द गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले बिहान सूर्य उदाएदेखि सूर्य अस्ताएसम्म दिउँसो मात्र नदीजन्य वस्तु मापदण्ड अनुसार खन्न पाउने नियम लगाएको छ । तर अझै उत्तरी क्षेत्रका नदी खोला र चुरे क्षेत्रमा दोहन जारी नै रहेको छ ।

दिलीपको हत्या पश्चात मुलुक नै अवैध नदीजन्त उत्खननको विरोध गर्दै पर्यावरण संरक्षणका लागि यसलाई पूर्ण रुपले बन्द गर्न माग गर्दै आएका छन् ।

तपाईहरुलाई यो समाचार सुनेर कस्तो लाग्यो, कृपया हामीलाई प्रतिकृया मार्फत लेख्नुहोस्। धन्यबाद ।

सभार ऑनलाइन डिजिटल एक्सप्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय