राजन कुमार बानिया ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले पिसीआर मेसिन किन्न र आइसोलेसन स्थापन गर्न सहयोग मागेका छन् । मेयर सरावगीले सामाजिक सञ्जाल मार्फत आइसोलेसन वार्ड स्थापन गर्न, पिसिआर र कोरोना परिक्षणका लागि अन्य स्वास्थ्य सामग्री खरिद गर्ने सहयोग मागेका हुन् ।
मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुकमा एउटा पोस्ट लेख्दै ५ सय सैयाको आइसोलेसन वार्ड स्थापन गर्न, पिसिआर मेसिन, परिक्षण किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्ने इच्छा व्यक्त गर्दै सहयोग गर्न अपिल गरेका हुन् ।

‘सबैसँग अनुरोध मलाई पिसिआर मेसिन किन्नु छ, २० हजार किट र कोभिडसँग लड्ने अन्य स्वास्थ्य सामग्री सहित । म एउटा ५ सय सैयाको आइसोलेसन वार्ड पनि स्थापन गर्ने सोचमा छु । के तपाईस सबैले सहयोग गर्नुहुन्छ?’ आफ्नो फेसबुकमा मेयर सरावगीले अंग्रेजी भाषामा लेखेका छन् ।
पच्छिलो समयमा वीरगञ्ज र आसपासका क्षेत्रमा कोरोना परिक्षण ठप्प भएपछी मेयर सरावगीले यस्तो आह्वान गरेको बुझिएको छ । वीरगञ्ज कोरोनाभाइरसको हट्स्पट बनिसक्दा समेत संघीय र प्रदेश सरकारले वेवास्ता गरेको छ । पच्छिलो एक हफ्ता देखि प्रयाप्त कोरोना परिक्षण नहुँदा सङ्क्रमण फैलने डर समेत बढेर गएको छ ।
नारायणी अस्पतालसँग कोरोना परिक्षण गर्ने भिटिएम किट नहुँदा सङ्क्रमितहरुको कन्ट्याक्ट ट्रेसिंग गरेर कोरोना परिक्षण हुनसकेको छैन । वीरगञ्जमा हाल बारा, पर्सा र प्रदेश नं. २ का अन्य जिल्लागरि ९६ कोरोना सङ्क्रमितहरुको उपचार चल्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय