काठमाडौं ।

गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गुल्मीका कोरोना संक्रमित एक जनाको उपचारका क्रमम आज बिहान ७ बजेरु १० मिनेट जाँदा मृत्यु भएको अस्पतालले घोषणा गरेको हो ।

अस्पताल अनुसार उनको आज निधन भएको हो । ४१ वर्षीय उनलाई कोरोना संक्रमण भएको गत सोमबार पुष्टि भएको थियो ।

उनको रुपन्देहीस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

उनको गत शुक्रबार नै स्बाव संकलन गरेर भैरवाह पठाइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालका एक कर्मचारीका अनुसार उनलाई एक साता अघिदेखि ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार थालिएको थियो । उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । उनी पेशाले शिक्षक भएको खुलेको छ ।

यसअघि सिन्धुपाल्चोकको बाह्रबिसेकी सुत्केरी र बाँके नरैनापुरका क्वारेन्टाइनमा बसेका पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । उनीहरु दुवैजनाको कोरोना सं‌क्रमण भएको रिपोर्ट मृत्यु भएपछि मात्र आएको थियो ।

बुधबारसम्मको विवरण अनुसार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय