प्रेस नोट
आदरणीय मुक्तिकामी जन-समुदाय;
“नोबेल कोरोना भाइरस (COVID 19)” को कारण सम्पूर्ण विश्व नै “वैश्विक महासंकट” बाट गुज्रिरहेको र आधुनिक मानव सभ्यता नै त्यस्को लपेट र चपेटमा रहेको तथ्य सर्वविदित नै छ। नेपाल सहित सम्पूर्ण विश्वमा यश महामारीका कारण आफ्नो ज्यान गुमाउनेहरुको चिर-शान्तिको कामना साथ सम्पूर्णमा “भवपूर्ण आश्रुपुरित हार्दिक श्रद्धाञ्जली” अर्पण गर्नुका साथै सोकसंतब्द्ध परिवारजन प्रति हार्दिक संवेदना एवं संक्रमित तथा पिडित सबैको यथासिघ्र स्वास्थलाभको कामना गर्दछु ।
यस्तो महासंकटको घडीमा समेत “धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” का तीनवटै तहका सरकारहरु “भ्रस्टाचार, दुराचार, कमिसनखोरी” मा लिप्त भई ठुल्ठुला गगनचुम्बी कृतिमान स्थापित गर्न सफल, “निषेध र प्रतिक्रियावादी राजनीति कै माध्यमले विदेशी प्रभुभक्ति गर्दै नेपालमा सर्वसत्तावाद लादन तल्लिन, नातावाद, कृपावाद, जातीय एवं नश्लीय अहंकार, सत्ता-उन्माद, दलगत एवं गुठगत घृणित स्वार्थ” सिद्धीको गणेश-परिक्रमालाई निरन्तरता दिंदै, त्यसमै रमाइरहेका “महिसासुर प्रवृत्तिका सरजक एवं कम्भकर्ण चरित्रका अनुयायी” छेपारे पाखण्डीहरुको वास्तविकता तपशिलका केही सांकेतिक वैदेशिक चलखेलमा चुप बस्नुले छर्पष्टै बुझ्न सकिन्छ ।
सिंहदरबार कै मुलढोका अगाडी चिनियाँ नागरिकहरुको एक एकदमै सानो समूहले बर्दीमाथी आक्रमण गर्दा, नेपाल र नेपालीको आन-बान-शानका प्रतिक एवं शिरको मुकुट मानिने सगरमाथा चीनद्वारा कब्जा गर्दै त्यहाँ बिना कुनै अनुमति सडक-बाटो निर्माण गर्नु र सगरमाथाको चुचुरोमा चिनियाँ निजी मोबाइल कम्पनीको टावर लगाउनु, हिन्दु धर्मावलम्बीलेहरु र तिनका मठ-मन्दिर, पुजा-स्थलहरुमा सुन्योजित तबरले आक्रमणहरु हुनु, गैरकानुनी एवं असंवैधानिक धर्मान्तरण/धर्मपरिवर्तन जस्ता कार्याहरु खुल्मखुल्ला हुनु र नेपाललाई कृश्चयन राष्ट्र र मुस्लिम राष्ट्र घोषणा गर्नुपर्ने माँगहरु बुलन्द हुँदैजानु, चीन र भारतले नेपाल र नेपालीको अस्मिता माथि नै निरन्तर कठोर एवं निर्मम प्रहार गर्दै आफ्नो वर्चस्ववादी, विस्तारवादी एवं साम्राज्यवादी सोंच तथा प्रवृत्ति एवं संस्कार र परम्परालाई निरन्तरता दिदै नेपालको वास्तविक भू-भागको आधा भन्दा बढी भू-भाग अनैतिक एवं अनाधिकृत रुपमा कब्जा गर्दै जानु, अमेरिकी तथा चिनियाँ साम्राज्यवादी नीति र सैन्य बर्चस्वको रणनीतिक साझेदारी बहु-आयामिक दुरगामी षडयन्त्रपूर्ण अन्तर्राष्ट्रिय परियोजना MCC र BRI मा नेपालले सहमति जनाउनु र सहभागिता जनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय सैन्य एवं विध्वंसात्मक गतिविधिहरुको क्रिडास्थलको रुपमा विकसित गर्न खोज्नु लगायतका कु-कार्यहरुको हामी घोर भर्त्सना एवं निन्दाका साथै कडा बिरोध दर्ज गराउदछौँ । साथै सम्बन्धि सबै पक्ष समक्ष तत्काल सच्याउन समेत जोडदार माँग गर्दछौं ।
चीन, अमेरिका, यूरोपियन युनियन र भारतले स्वतन्त्र, स्वाधीन, गरिब, विकास-उन्मुख राष्ट्र नेपाल र नेपाली जनता माथि निरन्तर गर्दै आईरहेको अनैतिक, अनाधिकृत, गैरकानुनी, अन्तर्राष्ट्रिय मूल्य-मान्यता विपरीतका कु-कार्यहरुको विरुद्ध एकजुट हुन सम्पूर्ण विश्वलाई अपील गर्दछौं ।
साथसाथै वर्तमान नेपाल सरकारको मौनता र लम्पसारवादी, आत्मसमर्पणवादी, कायरता, प्रभुभक्ति सोंच, प्रवृत्ति, क्रियाकलापबका विरुद्ध मिति २०७७/०२/०८ गते बिहिदेखी २०७७/०२/२० गते मंगलबारसम्म (From 21/05/2020 to 02/06/2020) तपशीलका प्रथम चरणका विविध बिरोध एवं दबाबमुलक कार्यक्रमहरुमा एक्यवद्धता सहित सक्रिय सहभागिताका लागि देश तथा विदेशमा रहनु भएका सम्पूर्ण आम नेपाली र नेपाल तथा नेपालीलाई माया, स्नेह गर्ने तथा सद्भाव राख्ने सबैलाई हार्दिक अपील गर्दछौं ।

प्रथम चरणका विविध विरोध एवं दबाब मुलक कार्यक्रमहरु :-

1) सामाजिक संजालहरुमा, आ-आफ्नो घर, बासस्थान नजिकको चौक-चौराहाहरुमा नेपालको झण्डा, नक्साहरु राख्ने/फहराउने ।

2) सामाजिक संजालहरु र पत्र-पत्रीका, टेलिभिजन, रेडियो, FM हरुमा धर्म-निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सरकार, चीन, अमेरिका, यूरोपियन युनियन र भारत सरकारहरुका कु-कृत्यहरुका विरुद्ध लेख्ने, बोल्ने, प्रकाशन, प्रसारण, प्रचार-प्रसार गर्ने गराउने ।

3) गत 14 वर्षदेखि हालसम्मका (बि.सं. 2063 देखि हालसम्मका) नेपालको शासन-सत्तामा काबिज श्री ३ सरकारहरुका सबै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीहरु, विदेशमन्त्रीहरु, गृहमन्त्रीहरु र रक्षामन्त्रीहरुका फोटो/पुतला जलाउने ।

4) सम्पूर्ण स्वदेशी तथा विदेशी नियन्त्रीत तथा प्रायोजित बेथिति, भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, अतिक्रमण, आक्रमण, षड्यन्त्रहरुका विरुद्ध युद्धको उदघोष स्वरुप प्रत्येक दिन बिहान 7:30 देखि 8:00 बजे बिच शंख फुक्ने र अमर सहिदहरुको सम्मान र सम्झनामा बेलुकी 7:30 बजे दियो/मैनबत्ती बाल्ने ।

धन्यवाद !! जय क्रान्ति !! जय जनता जय जनतन्त्र !!

मुक्ति अभिवादन सहित !
डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा
जारी मिति :- २०७७/०२/०७ गते बुधबार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय