भीस्वा ,जेठ ७गते

पर्साकाे छिपहरमाई गाउँपालिकामा आज पिसिआर परिक्षणकाे लागि ९५ जनाकाे स्वाब संकलन गरिएकाे छ ।

छिपरहमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वा स्थित श्री मंगल माविकाे क्वारेन्टाइनमा रहेका ५७ जना र अन्य ३८ जना गरी ९५ जनाकाे स्वाब संकलन गरिएकाे गाउँपालिका स्वास्थ्य संयाेजक शम्भु साहले वताए ।

उनका अनुसार इलका प्रहरी कार्यालय पाेखरियाका ४ जना थुनुवा सहित स्वास्थ्यकर्मी र संक्रमितका सम्पर्कमा आएका व्यक्तिहरुकाे समेत स्वाब संकलन गरिएकाे छ । इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह आफै भिस्वा स्थित श्री मंगल माविकाे स्वाब संकलन केन्द्रमा पुगी थुनुवाहरुकाे पिसिआर परिक्षणकाे लागि स्वाब संकलन गराएका थिए ।

छिपहरमाईमा स्वाब संकलनकाे लागि नारायणी अस्पताल वीरगंजबाट स्वास्थ्यकर्मीकाे टाेली पुगेकाे थियाे । बैशाख ३० गते छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका एक भारतिय सहित १४ जनामा काेराेना संक्रमण फेला परेकाे थियाे । साेही क्वारेन्टाइनमा रहेकाहरुकाे अन्य व्यक्तिकाे र संक्रमितहरुकाे नजिक आएकाहरुकाे आज ८ दिन पछि मात्र स्वाब संकलन गरिएकाे हाे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय