जनकपुरधाम, जेठ ७ गते । संक्रमित बढदै गएपछि प्रादेशिक क्वारेन्टाईन भनिएको प्रदेश २ धनुषा जिल्लाको नगराईन नगरपालिकास्थित गँगुलीमा रहेको क्वारेन्टाईन नै सिल गरएको छ ।

क्वारेन्टाईनमा बस्दै आएका मध्ये एक साता भित्रै ५ जनामा कोरोना भाइरस पुष्टि भएपछि सम्भावित जोखिमको दृष्टिगत गर्दै सो क्वारेन्टाईन नै सिल गरिएको जनाइएको छ ।

भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट आएका नेपाली नागरिकहरुले सीमानाकामा प्रहरीको आँखा छलेर लुकिछिपी प्रवेश गरेकाहरुमा कोरोना पोजेटिभ देखिन थालेको हो । कोरोना संक्रमितहरुको रिपोर्ट फरक फरक मिति आएकाले अहिले सो सथललाई सील गरिएको बताइएको छ ।

प्रादेशिक क्वारेण्टाइनमा रहेकाहरुमध्ये जेठ ३ गते १ जना, जेठ ४ गते २ जना र जेठ ६ गते २ जना गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । सो क्वारेन्टाइन स्थललाई नेपाली सेनाको सहयोगमा सील गरिएको क्वारेन्टाईन स्थलका संयोजक सन्तोष ठाकुरले जानकारी दिएका छन् ।

धनुषाको महेन्द्रनगर स्थित श्रीनाथ गणका नेपाली सेनाका कर्नेल गजेन्द्र रावलको नेतृत्वको टोलीले क्वारेण्टाइनलाई सील गरेपछि सो क्वारेण्टाइनमा रहेका ४८ जनामध्ये कसैलाई बाहिर वा नयाँ व्यक्तिलाई सिल अवधिसम्म नराखिने संयोजक ठाकुरले बताए ।

१ सय २० बेडको रहेको सो क्वारेन्टाईनलाई हाल सय बेड थपेर २ सय २० बेडको बनाइएको छ । सो क्वारेन्टाईनबाट हालसम्म १ सय ४१ जना घर फर्कि सकेका छन् छन ।

सभार लोकपुकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय