काठमाडौं, ६ जेठ । आज विहानैबाट काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा मेघगर्जनसहित वर्षा शुरु भएको छ । उपत्यकाको आकाशमा कालो बादल मडारिएर मेघगर्जनसहित सामान्य वर्षा शुरु भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अनुपन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकास भइसकेको छ । यसको प्रभावले मेघगर्जनसहित वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार आज दिउँसो देशको मध्य तथा पूर्वी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।मध्य तथा पूर्वी पहाडी भू(भागका एकरदुई स्थानमा अपरान्ह पछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती देशको पूर्वी भू(भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी पहाडी भू(भागका एकरदुई स्थानमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय