जनकपुरधाम । सिंगो देश लकडाउनमा छ । त्यसमाथि पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि धनुषामा थप कडाइ भएको छ । तर धनुषाको शहीद नगरपालिका वडा नम्बर ८ मा शुक्रबार फरक दृश्य देखियो ।

बालबालिका विद्यालय पोसाक लगाएर हिँडिरहेका थिए, विद्यालय पनि खुलेको थियो । विद्यालय परिसरमा भेला भएका बालबालिकामध्ये धेरैले मास्क लगाएका थिएनन् । आधारभूत विद्यालय डुमरियामा शुक्रबार बिहान झण्डै दुईसय बालबालिका भेला भएका थिए । किन विद्यालय आएको भन्ने प्रश्नमा कक्षा ५ मा अध्ययनरत सुरज रायले भने, ‘नयाँ पाठ्यपुस्तक लिन सरले नै बोलाउनु भएको छ ।’

भेला भएका बालबालिकाको बीचमा थिए शिक्षक पवन गोहितमान यादव । उनले नयाँ पाठ्यपुस्तक लिन बोलाएको बताए । प्रध्यानाध्यापक अशोक यादव र स्रोत व्यक्तिको आदेशमा आफू पाठ्यपुस्तक वितरण गर्न आएको बताए । प्रधानाध्यापक अशोकले भने नगरपालिकाबाट पुस्तक वितरण गर्न दवाब आएकाले वितरण गरेको बताए ।

‘नगरपालिकाले दबाव दियो, त्यसपछि हामीले लकडाउनकै बेलामा पुस्तक वितरण गर्न बालबालिकालाई बोलाएका हौं’ उनले भने । यो मात्र होइन, शहीद नगरपालिकाभरिका अधिकांश विद्यालयले शुक्रबार पाठ्यपुस्तक वितरण गरेको छ । वडा नम्बर ८ कै आधारभूत विद्यालय नाथपट्टीमा त पुस्तक वितरण गर्न वडा अध्यक्ष तनुकलाल स्वयं पुगे ।

उनले आफ्नै हातबाट बालबालिकालाई पुस्तक वितरण गरे । नगरपालिकाका कार्यकारी अधिकृत नन्दकुमार झा पाठ्यपुस्तक वितरण गर्न भनिएपनि भीड लगाउन नभनिएको बताए । ‘दूरी कायम गरेर घर–घरमा पुस्तक पठाउनका लागि विद्यालयमा पाठ्यपुस्तक पठाएका हौं’ झाले भने, ‘के भएछ, बुझ्छु ।’
साभार टुडेखाेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय