धनुषा ।

ढल्केवर, जेठ १ गते । धनुषामा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

ट्रकको ठक्करबाट धनुषाको मिथिला नगरपालिका-४ पुष्पवलपुरस्थित स्वास्थ्य चौकीमा स्टाफ नर्स पदमा कार्यरत २२ बर्षीया चन्द्ररेखा यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहिबार दिउँसो करिब ४ बजे पूर्वबाट पश्चिमतर्फ आइरहेको को.१ ख २६२७ नम्बरको मालबाहक ट्रकले बा.५२ प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुरचौकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार रहेकी यादव गम्भिर घाइते भएकी थिइन् ।

गम्भिर घाइते भएकी यादवको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कुमार कार्कीले बताए ।

ठक्करबाट जनकपुर उपमहानगरपालिका वडा नं. १० जमुनिया बस्ने बर्ष २० को मोटरसाइकल चाकल सिदार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव र नाम नखुलेको २ बर्षिय छोरा घाइते भएका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक कार्कीले जनाए ।

ठक्कर दिने ट्रकसहित चाकल र सहचालक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय