भारतसँग जोडिएको धनुषाको सीमा क्षेत्रमा सशस्त्रका सातवटा बिओपी छन्, तर कतै पनि आफ्नो भवन छैन । भाडाकै कच्ची घरमा बसेका छन् । ‘भौतिक रूपमा हाम्रा सबै बिओपीको अवस्था कमजोर छ,’ धनुषाका एसपी राजेश उप्रेतीले भने । 

अहिले कोरोनाका लागि नौवटा अस्थायी पोस्ट थपिएका छन् । ती पनि विद्यालय, सार्वजनिक भवन र पाल टाँगेर राखिएका छन् । धेरै पोस्ट हुँदा जनशक्ति अभाव छ ।

‘जनशक्ति कम छ । अहिले भएको जनशक्तिले १५–१६ घन्टासम्म आलोपालो गरी काम गर्नुपर्ने बाध्यता छ,’ एसपी उप्रेतीले भने । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय