वीरहरुको रगतले सिंचित ज्ञानभूमि शान्तिभूमि,
पशुपतिनाथको कृपा प्राप्त जनक-बुद्धको जन्मभूमि कर्मभूमि,
सीता-गार्गी-बिधापती छन् जसका विभूति,
नर-नारद-नारायण लालायित हुन्छन् जहाँ त्यो हो नेपालभूमी !!

राजनीतिक अराजकताको प्रकाष्ठा गगनचुम्बी भयो,
लूटतन्त्र लम्पसारवादले देश र जनता त्राहीमाम भए,
देश बचाउन महेन्द्र-माला जप्नै पर्ने भयो,
महेन्द्र-पथ ज्ञानेन्द्र-पथ ब्युँत्याउनै पर्ने देखियो !!

सुस्ता बेचे, कालापानी बेचे, बिक्यो सबै नदिनाला,
लिपुलेक बेचे, सगरमाथा बेचे, बेचे सबै मिली नेपाल आमाका चीर,
अब बेच्न केही बाँकी राखेन्न, बेची खायो पुर्खाले अर्जेका स्वाभिमान-अभिमान र आत्म-सम्मान,
जाग हे नरेश ! नेपाल आमा रुँदै छिन, आम जनता पुकार्दै छन !!

GUNतन्त्र रूपी कोरोनाले भ्रष्टाचारको जग बसायो,
धर्म-निरपेक्षता रुपि भाइरसले धर्म, संस्कृति, परम्परा, इतिहास नै जलायो,
संघीयताको शंखनादले जातीय, क्षेत्रीय र मानव बीचको सौहार्दता र भाईचारा नै सखाप बनायो,
जाग हे राजन ! अब नेपाल नै धरापमा पर्यो !!

जाग हे राजन ! देश र जनता आक्रान्त छन् ,
देश लुटेर कथित जन-प्रतिनिधि मालामाल छन् ,
अब देर नगर अबेर भईसक्यो,
जाग हे राजन ! देश र जनता आक्रान्त छन् !!

लेखक :- नगीना कुमारी झा
(सचेत एवं सजग आम नेपाली महिला)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय