सिरहा । लकडाउनको अवस्था कालोबजारी र मिसावट बढदै गएकोले सिरहा जिल्लाको मिर्चैया नगरपालिकाले बजार अनुगमन गरेको छ ।
अनुगमनका क्रममा दूध तथा दुग्धजन्य पदार्थ, चामल, दाल, पास्ता, दालमोठ, भुजिया, चाउचाउ, बिस्कुट, चकलेट, चियापत्ती र कफी, चिसो पेय पदार्थ, औषधि पसल, तरकारी, खाने तेल ,खाद्य बस्तुको प्याकेजिङ, उत्पादन मिति, उपभोग गर्ने वा प्रयोग गर्ने निश्चित समय लगायतको बारेमा व्यापारी–व्यवसायीसंग सोधपुछ गरिएको छ ।

मिर्चैया नगरपालिकामा संचालित किराना पसल, तरकारी पसल, औषधि पसल लगायत अन्य पसलहरूमा अनुगमन गरिएको छ ।  नगरपालिकाले अनुगमनका क्रममा धेरै पसलहरू दर्ता नगरी संचालनमा रहेको मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादबले बताए ।

 नगर प्रमुख श्रवण कुमार यादवले भने विश्वव्यापी रुपमा फैलिएको नोवेल कोराना भाइरस रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको अवस्थामा कुनै किसिमको कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाड्ने ।

अनुगमन टोलीमा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादव, प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई, मिर्चैया उद्योग बाणिज्य संघका प्रतिनिधि, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) राम कुमार महतो, सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) विरेन्द्र लम्साल,मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, मिर्चैैया नगरपालिकाका कर्मचारी धनञ्जय महतो, मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,कर्मचारीहरु,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय