जनकपुरधाम । धनुषाबाट सशस्त्र प्रहरीले २१ किलो अवैध गाँजा बरामद गरेको छ ।
धनुषाको विदेह नगरपालिका–५ एकराहीबाट शुक्रबार राति ११ बजेको समयमा सीमानाकामा खटेको सुरक्षा गस्ती टोलीले २१ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीका नायव प्रहरी उपरीक्षक निर्मल खड्काको कमाण्डमा खटेको ५ जनाको टोली तथा सहायक प्रहरी निरीक्षक साधुशरण यादव नेतृत्वमा रहेको चारजना सुरक्षाकर्मीहरुको मोटरसाइकल गस्ती टोलीले सो गाँजा बरामद गरेका हुन् ।
प्रहरीलाई देखेर एकराहीबाट सरावेतर्फ गइरहेका तीन जनाले बोकेको तीनवटा पोका फालेर भागेपछि पोकामा गाँजा भेटिएको सशस्त्रका प्रहरी उपरीक्षक राजेश उप्रेतीले बताए ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सभार न्युज ब्यूरो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय