जनकपुरधाम। धनुषाको कमला नगरपालिकाको वडा नं १ मा युवाहरुले अति बिपन्न परिवारलाई राहत बितरण कार्य जारि नै राख्नुभएको युवाहरुले बताउनुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउन भएका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न परिवारलाई कमला नगरपालिकामा राहत दिने कार्य सुरु गरेको थियो । कमला नगरपालिका १, मा बिहिबार बिहानदेखि  जारि रहेको खाद्यान्न वितरण कार्य गरेको उनिहरुको भनाई छ ।
बाईट…….. सुनिल कुमार साह, समाज सेवी तथा संचारकर्मी कमला नगरपालिका
युवाहरुले मिलाएर राहत वितरण गरेको सुनिल कुमार साहले बताउनुभएको छ । चामल ८ किलो, दाल आधा किलो, आलु, १ किलो , पियाज १ केजि, सुवाबिन १ पाउ, तेल आधा केजि,नुन १ किलो, साबुन १ पिसका,थानको राहत प्याकेज बनाएर वितरण गरिरहेको समाज सेवी साहले बताउनुभयो ।

कमला नगरपालिकाका वडा नं १ मा अति बिपन्न रहेको सबै जनतालाई  राहत समाग्री दिएको साहले जानकारि दिनुभयो । कमला नगरपालिकाका मंगराहा गाँउमा अति बिपन्न परिवारलाई राहत वितरण सुरु गरिएको छ। त्यस्तै ,  कमला नगरपालिका जनताबासिलाई लकडाउनको पालना गर्ने ,घरबाट बाहिर नस्किने, भिडभाडमा नजाने आग्रह समेत गर्नुभयो । राहत वितरण कार्यमा सुनिल कुमार साह, सिकेन्द्र मण्डल, दिनेश साह, रामलाल रजक, देब सरन यादब लगायत संचारमकर्मी मौसम झा ,सहित स्थानीयको सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय