जनकपुरधाम, बैशाख २६ : जनकपुुरधामको मुस्लिम बस्तीमा कारोना सर्तकताका लागि ज्वरो नाप्ने अभियान थालिएको छ । दशरथ नगर टोलको मुस्लिम बस्तीमा दशरथ नगर टोल सुधार समाज जनकपुरधाम–८ को पहल तथा नव जीवन होस्पिटल ब्रह्मपुरीको सहकार्यमा कोरोना महामारीको खतरालाई मध्ये नजर गर्दै बस्तीका घर घर पुगेर महिला, बच्चा र पुरुष सबैको ज्वरो तापक्रम चेकजाँच कार्यको सुरुवात गरिएको छ ।यस कार्यलाई जनचेतना मूलक कार्यक्रमका रुपमा समेत निरन्तरता दिई अगाडी बढाइने बताइएको छ । दशरथ टोल नगरबासीका लागि अस्पतालकै सहयोगमा करोना बाहेकका बिरामीलाई नि शुल्क उपचारका लागि ब्यबस्थापन समेत गरिएको अस्पतालका संचालक अखिलेश साहले बताए । टोल सुधार समितिका अध्यक्ष दिपक ठाकुर मुस्लिम अगुवा साजिद हुसेन सहितकको समेत यस कार्यमा सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय