[spacing size=””]२५ बैशाख २०७७, बिहीबार २१:५०
काठमाडौं, वैशाख २५ गते । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु–८ का १६ र २२ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको सहप्रवक्ता अधिकारीले बताए। योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १०१ पुगेको छ।
यसअघि बुधबार पर्साको वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।