काठमाडौं, वैशाख २३ गते ।

बिहीबार अर्थात वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारले आह्वान गरेको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

२५ गते वुद्धजयन्ती पनि परेको छ । त्यस दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।

वुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको एक मन्त्रीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय