जनकपुरधाम : सिरहामा राहत वितरणको विषयमा झडप हुँदा प्रहरीले १३ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। सिरहाको मिर्चैया नगरपालिका वाडा नम्बर ७ फूलबरीयामा राहतको विषयमा झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास फायर गर्नुपरेको सिरहाका एसपी उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिए।

लकडाउनबाट समस्यामा परेका गरिब, विपन्नहरुहरुलाई वास्ता नगरी अरुलाई राहत बाँडेको भन्दै विवाद भएको प्रत्यक्षदर्शी गनेश शर्माले बताए। झडपमा परी तीन जना घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छo

झडपमा परी घाइते भएकाको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ भने झडप नियन्त्रण गर्न पुगेका इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुप्रसाद जैसवालको हातमा सामान्य चोट लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय