२१ बैशाख २०७७
जनकपुरधाम : प्रदेश २ को अस्थाइ राजधानी जनकपुरधाममा सिमेन्ट कालोबजारी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले जनकपुरधाम उपमहानगरपालिका ११ स्थित आनन्द इन्टर प्राइजेज हार्डवेयरमा बजाउ मुल्यभन्दा बढि रकममा सिमेन्ट बिक्रि गर्दै गरेको अवस्थामा हार्डवेयरका संचालक ४८ वर्षिय रामप्रताप साहलाई पक्राउ गरिएको हो।

हार्डवेयरबाट प्रहरीले दुई कम्पनीका ४९ बोरा सिमेन्ट समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका साहमाथि कालोबजारी मुद्दामा ७ दिनको म्याद थपगरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ माछाबजारमा रहेको चन्दन आइरन स्टोरका संचालक सत्यनरायण चौधरीका २० वर्षिय छोरा चन्चल कुमार चौधरीलाई पनि प्रहरीले कालो बजारी गरेको आरोपमा पक्राउ गरेको छ।

बजार मुल्यभन्दा बढि मुल्यमा सिमेन्ट बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। स्टोरको गोदामबाट विभिन्न कम्पनीका ४२० बोरा सिमेन्ट नियन्त्रणमा लिएर गोदाम र पसल सिल गरिएको प्रहरीले जनाएको छ। चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्त एवं प्रहरी उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय