जनकपुरधाम: धनुषामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
धनुषाको नगराइन नगरपालिका वडा नं.७ देवडीहामा अन्दाजी करिव ४० वर्षीय एक पुरुषको शव फेला परेको हो ।
देवडिहाको पुरनी पोखरीको डीलमा मृत अवस्थामा सो पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पहिचान खुल्न नसकेको सो पुरुषको शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीको भनाइ छ ।