धरान – धरानमा दुई व्यक्ति हातहतियार सहित पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानले उनिहरूलाई शुक्रबार १२ बोरको बन्दुक १ थान र प्वाइन्ट २२ लङ राइफल १ थान सहित पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा शुक्रबार राती करिब ९ बजे वडा ११ मा डेरा गरि बस्ने १९ वर्षिय प्रक्षितजंग क्षेत्रीको कोठा तलासी लिँदा मेड इन क्यानडा लेखिएको १२ बोर बन्दुक फेला परेको थियो । सो हतियार धरान १३ का ४० बर्षीय मुलुकसिंह लिम्बुको भएको खुलेको हुँदा तत्काल लिम्बुको घरकोठा तलासी लिँदा प्वाइन्ट २२ लङ राइफल १ थान, राइफलको म्याग्जीन १ थान सहित २ राउण्ड गोलि फेला परेको थियो ।

पक्राउ पर्ने क्षेत्री झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा डेरा गरि बस्ने धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताएका छन् । उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा आज म्याद थप भई अनुसन्धान कार्य भई रहेको डिएसपी न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय