हाम्रो जनकपुर सम्वाददाता

महोत्तरी/ विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारद्वारा लागू गरिएको लकडाउनको मौका छोपी महोत्तरीमा काठ तस्करी मौलाएको छ । जिल्लाका उत्तरी क्षेत्रमा अवस्थित बर्दिवास नगरपालिकाको सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । लकडाउनको समयमा घाँस दाउरा काट्ने बहानामा हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि डिभिजन वन कार्यालय र प्रहरीले निगरानी बढाएको बताईएको छ ।
काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको जनाइएको छ ।
अवैध रुपमा कटान गरिएका त्यस्ता काठहरु जिल्लाको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी ,जमुनिबास लायत स्थानिय र छिमेकी जिल्लामा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको ।

डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त प्रसाद साहले बताए उनका अनुसार तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको गस्ति परिचालन बढाइएको छ । यसैगरी बर्दिबास नगरपालिका–५ माइस्थान चेरुबाट रुख काट्दै गरेको समयमा आईतवार एक जनालाई बन स्टिङ्ग अप्रेसन टोलीले घटना स्थलबार्टै पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ५ माइस्थान चोरु घर भएका स्थानीय ४५ बर्षीय झोकिलाल लामा रहेका छन । डिभिजन वन कार्यालय गढन्ताका साहयक वन अधिकृत ओमविक्रम खड्काको स्टिङ्ग अप्रेसन टोलीले पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख काटान गरिरहेको अवस्थामा लामालाई नियन्त्रणमा लिएको हो ।

उनलाई शसस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखी वन ऐन २०७६ अनुसार वनमा हानिनोक्सानी गरेको अभियोगमा मुद्दा चलाईने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय