समभु पण्डित


जनकपुधाम । सबैला नगरपालिका वार्ड नं. ८ मा राहत वितरण भएको छ । कोरोना भाईरस का कारणले बिश्वमा महामारीले गर्दा प्रदेश नं. २ ले गरीवी, बिपन्न तथा दैनिकीय ज्यालामा कामगर्दैं आएकोलाई राहत वितरण गरीएको छ ।
सबैला नगरपालिका वार्ड नं. ८ मा जम्मा १९३ जना मानिसहरुलाई राहत वितरण गरिरहेको छ ।


सबैला नगरपालिका वडा नम्बर ८ मा एक चरण राहत बिरण भइसके अब अर्को चरणमा हामी छुटेका लाई समेटेर राहत बिरण गरिनेछु वडा अध्यक्ष दुर्गाप्रसाद राय को भनाइ थियाे ।

सबैला नगरपालिका वार्ड नं. ८ मा राहत वितरण मा चार परिवार भन्दा बढी परिवारको लागी मापदण्ड अनुसार चामल ः– १५ के.जी., दाल ः– २ के.जी., तेल ः– १ लिटर, नुन ः– १ के.जी. , ३ औटा साबुन रहेको छ ।

त्यसतै ५ परिवार सम्म वा त्यस भन्दा कमको लागी तपसिल बमोजिमको मापदण्ड अनुसार चामल ः– १० के.जी. दाल ः– १ के.जी., तेल ः– १ लिटर, नुन ः– १ के.जी., साबुन २ औटा सहित एक मासक बमोजिमको राहत वितरण गरियेको छ ।
सो राहत वितरण गर्दाखेरी सम्पूर्ण राहत लिनेहरुको लागि नियमअनुसार को दुरीकायम गरि मात्र राहत वितरण गरिएको छ ।


सबैला नगरपालिका वार्ड नं. ८ मा राहत वितरणमा सबैला नगरपालिका का वार्ड नं. ८ का वडा अध्यक्ष दुर्गाप्रसाद राय , सचिव लगायत , ईलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज चन्द्रभुसन यादब, पनि उपस्थित रहेका थियाे नगरपालिका प्रतीयासी लगायत गाउका बुद्धिजीवी व्यतिmहरु उपस्थित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय