वैशाख ४ गते : पेट्रोलियम पदार्थको माग अत्यन्तै कम भएको भन्दै हाललाई मूल्य यथावत रहने भएको छ।

बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन्। उनका अनुसार भारतीय आयल कर्पोेरेसनबाट पेट्रोलियमको मूल्य घटेर आए पनि हाल नेपाली बजारमा खपत न्यून रहेकाले नघटाउने निर्णय भएको हो।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार बिक्री मूल्य समायोजन गर्नुपर्ने भएता पनि वर्तमान अवस्थामा पेट्रोलियम पदार्थको माग अत्यन्तै न्यून रहेका कारण हाललाई बिक्री मूल्य यथावत रहेको निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय