लेखक डा मनाेज मुक्ति

देश भनेको एउटा निश्चित जनसंख्या, भूगोल र साधन स्रोतले संगठित हुन्छ। सरकार बिना देश चल्न सक्छ तर देश बिना सरकार हुनै सक्दैन। देशमा रहेको सरकारको प्रमुख काम र कर्तव्य नै देश र जनतालाइ आपत बिपतबाट सुरक्षित राखी बिकासको उच्चतम लक्ष्य प्राप्त गर्नु हुन्छ।

विश्वमा फैलिएको कोरोना नामक महामारीको असर र प्रभाव नेपालमा पनि दिनप्रतिदिन बढिरहेको छ। हेर्दा हेर्दै संक्रमितको संख्या १६ पुगेको छ। जुन चिन्ताजनक छ। आमनागरिकमा भयंकर डर र त्रास छ। धनी-गरिब सब चिन्तित छ्न तर गरिब र मजदुर बढी चिन्तित र त्रसित छन। कति त भोकले छट्पटीएका छन र कति अब के खाने भने त्रासमा छन। लकडाउनले गरिबी रेखा मुनि रहेका लगभग २५% नागरिकलाई प्रत्यक्ष प्रभावित गरिसकेको छ। ब्यापार र ब्यापारीको कमर नै भाचेको छ। अब मध्यम वर्ग पनि निश्चित प्रभावित हुने छ्न। र यो क्रम रोकिने छैन किनभने गरिब होस वा धनी खाने त भात नै हो।

नेपाल सरकारले गरेको लकडाउन कदम प्रशंसनीय छ तर लकडाउनलाइ तिनटै तहको सरकारले सदुपयोग गर्न सकिरहेको छैन। टोल-टोल र घर-घरमा पुगि कोरोनाको बिरामी पतालगाइ आवश्यकलाइ क्वारेन्टाइन, आइसोलोस्न, र उपचार गर्नुको साटो केवल लकडाउन गरेर भगवानको भरोसामा जनतालाइ बाच्न मजबुर गरेको देखिन्छ। लकडाउन नितान्त आवश्यक छ तर स्थाइ समाधान पक्कै छैन। लगभग तीन करोडको जनसंख्या मात्र भएको हाम्रो देशमा घर घरमा पुगि कोरोना चेकजाच गर्न त्यति कठिनाइ देखिदैन। कोरोना बिरामीको निश्चिति तथ्यांक पतालगाइ आवश्यक औसधि उपचारको ब्यबस्था गरि, तथा सिमा र बिमानस्थल समेत केहिदिनका लागि बन्द गरि देशलाई सहज अबस्थामा ल्याउन सकिन्छ। तर यदि लकडाउन दुई/तिन महिना अरु लम्बियो भने घर घरमा भोकले मर्ने वातावरण आउन सक्छ। आवश्यक सबै सामग्री आयत गर्ने हामी नेपालीको अबस्था झन कठिन र भयाबह हुन सक्छ। भोकले लूटपाट जस्ता अपराधिक गतिविधि पनि हुन सक्छ। तयस्तो भयाबह अबस्था आउन नदिन कोरोना माहामारी बिरुद्ध सरकारले समयमै आवश्यक कदम उठाउन सक्नु पर्छ। सिमित साधन स्रोत र दक्ष जनशक्तिलाई सदुपयोग गर्दै देश र जनतालाई सुरक्षित पार्नु नै अहिलेको प्रमुख चुनैती हो। र आमनागरिकले पनि सहयोग गर्नुपर्छ।

देशको विभिन्न ठाउँमा भएको राहत बितरन पनि बिना कुनै तथ्यांक र मापदण्ड अनुसार भएको छ। राहत बितरनमा समानता र पार्दशिताको कमि देखिएको छ। मुख हेरेर मिठाइ दिने काम भएको छ। जुन अति निन्दनीय हो। राहतमा भएको असमानता, अपारदर्शीता र भ्रष्टाचारको छानबिन गरि दोषीलाई कार्वाही पनि गर्नु एउटा मजबुत सरकारको कर्तव्य र लोकतन्त्र विशेषता हो। आशा गरौं कि देश र सरकारको आवश्यकता बुझेका मानव बिपत्तिमा एउटा मानवको नाताले मानवीय सहयोग गर्न पछि पर्ने छैन् र बिपत्ति कमाउने भाडो पनि बन्न दिने छैन। र सरकारहरु जिवित साबित हुने छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय