जनकपुरधाम, वैशाख २ गते । आइतवार विरगञ्जमा तीन जना कोरोना भाइरसको संक्रमित भेटिएपछि धनुषा जिल्लामा लडकडाउनमा थप कडाई गरिएको छ ।

कोरोना भाइरसबाट आम नागरिकलाई बचाउन उद्देश्यले लकडाउनमा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन ।

प्रजिअ निरौलाले लोकपुकार सँग कुरा गर्दै भन्दै पर्सा र रौतहट जिल्लामा संक्रमित भेटिन थालेको छ । हाम्रो जिल्लावासीलाई जोगाउन यस्तो कदम चालिएको हो ।

उनले भने सोमवारदेखि लागू हुने गरी बिहानदेखि बेलुका ४ बजेसम्म पहिलाकै जस्तै लकडाउनको अवस्था हुन्छ किराना पसल लगायतका अत्यावश्यक सेवाका पसलहरु खोलिनेछ तर बेलुका ४ बजेपछि मान्छेको भीडभाड रोक्न बन्द गरिने छ ।

बिहान तरकारी र खाद्यान्न लगायतका सामाग्री किन्न १०/११ बजेसम्म त्यति खासै भीडभाड हुदैन त्यसपछि घाम नै हुन्छ तर बेलुका ४ बजेपछि त नयाँ वर्ष र जुडशितल सामान किन्न जान्छौ बहानामा मान्छेहरु बिना कामको घरबाट बाहिर निस्किदा अत्यधिक भीडभाड हुने गरेको कारण त्यसलाई नियन्त्रण गर्न पसलहरु बन्दका साथै मान्छे हिलडुलमा कडाई गरिएको उनले भने ।

बेलुका ४ बजेपछि पसल बन्द गर्न र बाहिर ननिस्कन आम नागरिकको जानकारीका लागि हामीले माइकिंग मार्फत जानकारी गराइसकेका छौ भन्दै उनले पर्व सकिएपछि दुई दिनपछि कस्तो अवस्था हुन्छ त्यही रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइने बताए ।

आइतवार पर्सामा ३ र सोमवार रौतहटमा एक र पर्सामा थप एकजना संक्रमित भेटिएपछि दुई दिनको अवधिमै पांच जना संक्रमित थपिएपछि प्रदेश २ को अवस्था त्रासमय भएको छ । सुरक्षा व्यवस्थामा कडाई गरिन थालिएको छ । सोमवारदेखि विरगञ्जका विभिन्न स्थान सिल समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय