संजय विश्वकर्मा
लहान २४, चैत्र । सिरहाको सुखिपुर नगगर पालिका युवा बिद्यार्थी नितेश यादवको पहलमा अमेरीकामा बस्ने एक नेपालीले राहत सामग्री खरीदका लागी रकम पठाएको छ । काठमाण्डौ घर भई हाल अमेरिकामा बस्दै आएका अंगदामु शेर्पाले बिपन्न वर्गका लागी रकम पठाएको युवा बिधार्थी यादबले बताएका छन । सोही अनुरुप सुखीपुर नगरपालिकाका विद्याथीहरुको सहकार्यमा वडा नम्बर – ८ का १५ बिपन्न घर परिवारलाई दोस्रो चरण राहत सामग्री वितरण गरेको छ ।


‘लकडाउनका कारण समस्यामा परेका ज्याला, मजदुरी गर्ने तथा निम्न आय भएकाहरुलाई शनिवार एक किलो दाल, चावल १५ किलो, भुजा चुरा १ किलो, तेल १ लिटर, नुन १ किलो, चाउचाउ २ पेकेट, डिटोल साबुन १ पिस, अधा किलो भुजा, माक्स १ पिसगरी राहत सामग्री वितरण गरेको हो ।


नवरत्न साह , आशिष साह, विभास यादवले समेत राहत बितरण कार्यमा सहकार्य र सहयोग गरेका थिए । पहिलो चरणमा ५ बिपन्न परिवारलाइृ राहत बितरण गरेको उनले जानकारी दिए । आर्थिक सहयोग गर्ने अंगदामु शेर्पालाई बिधार्थीहरुले धन्यावद दिएको छ । उनिहरुले यस्तै प्रकारको सहयोग गरी दिनहुन सहयोगी मनहरुलाई आग्रह गरेका छन । युवा बिधार्थी नितोश यादब काठमाण्डौबाट उच्च शिक्षा प्लस टु पास गरेका छन । उनि काठमाण्डौमा बस्दा अमेरीकामा बस्ने शेर्पा संग सम्पर्क भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय