डा. मनोज कुमार झा मुक्ति

प्रधानमन्त्रीले दिएका राष्ट्रका नाममा सम्बोधन माथि जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) को प्रतिक्रिया

प्रमद्वारा पुरानै र सबैले बुझेकै विषय वस्तु सहितको राष्ट्रका नाममा गरिएको सम्बोधन स्वागत योग्य छ !
मेरो बुझाईमा आज केही बेर अघिमात्र सम्माननीय प्रधानमन्त्री श्री खडग प्रसाद शर्मा ओली (SHREE K.P. SHARMA OLI) ज्युद्वारा राष्ट्रका नाममा गरिएको सम्बोधनको मूल अर्थ :-
सबैलाई चेतना भया :-
(1) लकडाउन अवधि भर तिनै तहका सरकार (संघीय, प्रदेश र स्थानीय तह) र सरकार मातहतका ले गरेको कुनै पनि अनैतिक निर्णय, कृयाकलाप, कारोबार र भ्रष्टाचारको बिरुद्ध लेख्न, बोल्न र कुनै किसिमको टिकाटिप्पनी गर्न पूर्णरुपेन बन्धेज/प्रतिबन्ध गरिएको छ ।
(2) हालसम्मको अवस्था हेर्दा ; तिनै तहका सरकारले गरेका कागजी एवं कोठे निर्णयको प्रभाव, सहुलियत, सहजता, सदुपयोग, उपयोग, उपभोग ती सरकारमा सक्रिय, प्रत्यक्ष एवं भौतिक रुपमा सहभागी ब्यक्ति, संग-संगठन, राजनीतिक दल/पार्टी र तिनका नातागोता एवं कार्यकर्ताहरुले मात्रै पाउने ।
(3) आम नेपाली जनता ढुक्क भएर भोकभोकै आ-आफनो घरमा मस्त सँग बस्ने र दिन-रात हामी श्री ३ सरकारको गुणगान, जयजयकार गर्ने भन्ने हुकुम बकस भएको छ ।
(4) कोरोना भाईरस / COVID19 लाई तिनै तहका सरकारमा समाहित महामहिम श्री ३ हरुले गत निर्वाचनमा गरेका सम्पूर्ण खर्च र आउने निर्वाचन/चुनावमा गरिने भोज-भतेर, भोट/मत खरिद बिक्री लगायतका सम्पूर्ण चुनावी प्रपन्चमा हुने खर्चहरुको जोहो गर्ने अवसरका रुपमा लिएका छौं र त्यसै बमोजिम हामी युद्धस्तरमा अगाडी बढिरहेका छौं ।
(5) प्रकृति र समयले हामी श्री ३ सरकारलाई प्रदान गरेका यी महान अवसरलाई लक्ष्यसम्म पुर्याउन आम नेपाली जनताले समेत सक्रिय सहयोग र समर्थन दिने नै छन भन्ने हामीले आशा र विश्वास गरेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय