धर्वेन्द्र कुमार यादव (यदुवंशी),

औरही। विश्वभरी महामारीकाे रुप फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न एवं पुर्व तयारी स्वरुप औरही नगरपालिकाले क्वारेन्टाईन संचालनमा ल्याएको छ।
औरही नगरपालिका वडा नम्बर १ स्थित मा स्वास्थ चौकी औरहीमा१४ वेडकाे क्वारेन्टाइन तयार पारिएको छ। मंगलवार औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवको अध्यक्षतामा बसेको आकस्मिक बैठकबाट कोरोना भाइरस सम्बन्धी व्यवस्थापनका लागि नपा प्रमुख यादवकै अध्यक्षतामा कोभिड १९ व्यवस्था समिति समेत गठन गरिएको छ।

त्यस्तै कोरोना भाइरस शंकास्पद व्यक्तिहरुकाे चेक जाँचका लागि औरही नगरपालिकामा कार्यरत रहेका सम्पूर्ण स्वास्थ्यकर्मिहरुलाइ पि पि ई ड्रेस सेट र Sanitizer वितरण गरेकाे औरही नगरपालिकाका स्वास्थ्य संयाेजक रबिन्द्र कुमार यादवले जनाएका छन् ।

क्वरेन्टाईनमा भर्ना हुन अाउने शंकास्पद व्यक्तिहरु लगायत त्यहा डयुटीमा खट्ने कर्मचारीहरुलाइ बस्ने र खाने लगायतका अावश्यक व्यवस्था गरिएकाे नगर प्रमुख यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय