• यस्तोवेला केहि गर्न नसके म मुख्यमन्त्रीको पदमा बस्नुको अर्थ छैन सवैजना राजिनामा दिउँ

जनकपुरधाम, चैत १८ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राज्यलाई आवयश्क रहेको बेला विरामीको उपचार नगरि भाग्ने डाक्टरको लाइसेन्स रद्द गर्नुपर्ने बताएका छन् । विश्वव्यापी महामाहारी कोरोना भाइरसको संक्रमण रोकथाम तथा व्यवस्थापनका लागि आज आठै जिल्लाका प्रशासनिक निकायहरुलाई बोलाएर छलफल गरेका मुख्यमन्त्री राउतले सरकारको पैसा र सिफारिसमा देश विदेशवाट डिग्री हासिल गर्ने र निजि क्लिनीक समेत चलाएर पैसा कमाउने चिकित्सहरु अहिले देशमा परिआएका वेला समान्य विरामीहरु आँउदा समेत भाग्न चाहेको सुन्नमा आएकाले त्यस्ता डाक्टरहरुको एनएमसी पता लगाई लाइसेन्स रद्द हुने गरि कारवाही गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भगवान पशुपतीनाथ, जानकी माता र इश्वरको कृपाले नेपाल आज सम्मको अवस्था हेर्दा सन्तोषजनक अवस्थामा रहेपनि डाक्टरहरु अहिलेकै अवस्थामा भाग्नु देशको लागि दुर्भाग्यको कुरा रहेको मुख्यमन्त्री राउतको कथन छ । नेपालमा आतिने अवस्था नरहेकै वेला मौसम परिवर्तणका वेला समान्य ज्वरोका विरामी देख्दा समेत डाक्टर जस्तो सेवाकर्मी पेशावालाहरु भाग्नु लज्जास्पद रहेको मुख्यमन्त्री राउतको भनाई छ । अहिले त यस्तो छ भगवान नगरोस इटलीहरु जस्तो अवस्था आयो भने यहाँका चिकित्सहरु के गर्छन ? उनको प्रश्न थियो ।

केहि सुरक्षाका समानहरु अपुग रहेको आफुहरुलाई जानकारी रहेपनि समान्य विरामीहरु समेत उपचारवाट बञ्चित हुनु गलत रहेको मुख्यमन्त्रीको तर्क छ । साथै मुख्यमन्त्री राउतले प्रत्येक जिल्लाका सिडिओहरुलाई पठाएको ५०÷५० लाख रुपैया यस्तो अवस्थामा समेत खर्च हुन सक्नु लापरवाहीको चरम सिमा रहेको दावी गरे । मुख्यमन्त्री राउतले आफुले आजको बैठकमा सिडिओ सावहरुले थप रकम माग्ने मनमनै सोचेकोमा पैसा नै खर्च हुन नसकेको सुनेपछि दुःख लागेको बताए । डिटोल, सेनिटाइजर, सुरक्षाको समान, सुरक्षाकर्मीलाई अभाव रहेको समान पनि किन्न नसक्ने जे मा पनि अख्तियारको डर मान्ने ? कसरी चल्छ ? भन्दै मुख्यमन्त्री राउतले यस्तो वेला इमान्दारिता पुर्वक काम गरे कसैले केहि गर्न नसक्ने बताए ।

आज सुरक्षाकर्मीहरुका लागि खाट समेत किनेर पैसा खर्च गरेको भए म खुसी हुन्थे भन्दै मुख्यमन्त्री राउतले जनतामा डर, भय त्रास रहेका वेला पनि हामी काम गर्न खर्च गर्न सकेनौ भने किन मुख्यमन्त्री र सिडिओ भएर बस्ने सवै मिलेर राजिनामा दिउँ न त मुख्यमन्त्रीको आक्रोस थियो । यस्तो वेला निर्धक्क भएर इमान्दारिताका साथ काम गर्न निर्देशन दिदै उनले केहि परी प्रदेश सरकार साथमा रहेको समेत बताए । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रहरी प्रमुख, आठै जिल्लाका सिडिओ, तिनै सुरक्षा निकायका प्रमुखहरु, सेनाका प्रदेश प्रमुख सहितको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय