काठमाडौं । नेपालमा अर्को एकजनामा कोरोना संक्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी १९ वर्षकी युवतीलाई कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देबकोटाले जानकारी दिए ।उनको अवस्था अहिले सामान्य भएको उनले बताए ।

प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उनमा कोरोना देखिएको पुष्टि भएको हो ।

उनले शनिबार दिउँसो जानकारी गराएका हुन् । “काठमाडौं उपत्यकाभन्दा बाहिरको केस हो,” उनले भने, “उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ । उहाँको अवस्था अहिले सामान्य छ ।”

उनले अहिले फैलिन सक्ने पूर्वानुमान भएकाले यो घरभित्रै बसेर सहयोग गर्न आग्रह पनि गरे ।कोरोना संक्रमित युवती प्रदेश ४ की भएको बताइएको छ । काठमाडौं उपत्यकाबाहिर यो दोस्रो केस हो ।

यसअघि शुक्रबार धनगढीस्थित सेती अस्पतालमा एकजनामा कोरोना संक्रमण फेला परेका थिए ।काठमाडौंमा २ जना उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय