जनकपुरधाम, चैत १५ गते ।
कालोबजारी गर्ने दुइ जना फेरी जनकपुरबाट पक्राउ परेका छन् । लकडाउनको मौका छोपी बढी मूल्य लिएर खाना पकाउने एलपी ग्यास र खाने नुन बिक्री गर्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

लकडाउन सुरु भएयता प्रहरीले पछिल्लो तीन दिनमा जनकपुरबाट कालोबजारी गर्ने १६ जनालाई पक्राउ गरिसकेको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानरपालिका–११ बस्ने ४५ वर्षीय जयप्रकाश साह र वडा नम्बर १४ बस्ने ४७ वर्षीय नरेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जयप्रकाशलाई ग्यास भण्डारण गरेर राखेर उपभोक्तालाई नदिएको र नरेशले नुन प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेको भन्दै पक्रउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप प्रहरीले थप अनुसन्धान गरिरहेको छ। यसअघि प्रहरीले विहिबार आलु, प्याज र ग्यास कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय