जनकपुरधाम । जनकपुरमा लकडाउनको मौका छोपेर खाद्यान्नलगायत सामग्री कालोबजारी गर्ने ११ जना पक्राउ परेका छन् ।

खाना पकाउने ग्यास, आलु, प्याजलगायत रिचार्ज कार्डमा समेत कालोबजारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
अनुगमनको लागि खटेको प्रहरी टोलीले ग्यास प्रतिसिलिण्डर १७००, आलु प्रतिकेजी ६०, प्याज प्रतिकेजी ८०, ५० को रिचार्ज कार्ड ६० मा बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी रामेश्वर कार्कीले जनाए ।

पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । लकडाउनसँगै जनकपुरमा कालोबजारी बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय