जनकपुरधाम, चैत १३ गते ।

प्रदेश २ मा लकडाउनको अवज्ञा गर्ने ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै लकडाउनको बेला चलाउने ४ सय २४ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको दोश्रो दिन बुधबार बिहानदेखि साँझ ६ बजेसम्म प्रदेश २ को आठवटै जिल्लाबाट ४३ जना व्यक्तिलाई नियन्त्रणमा लिएकाप्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । यस्तै ठुला र साना सवारीसधान गरी ४ सय २४ सवारीसधान समेत नियन्त्रनमा लिएको प्रवक्ता सापकोटाले बताए ।

उनका अनुसार पर्साबाट ३६ सवारीसाधन, बाराबाट १३ मानिस र सवारीसाधन ९४ वटा, रौतहटबाट मानिस ३ जना र सवारीसधान १ सय १७ वटा, महोत्तरीबाट मानिस १ र सवारीसधान ९५ वटा, धनुषाबाट २१ जना र सवारीसधान ७६ वटा, सिरहाबाट मात्र ६ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

पक्राउ मानिसहरुलाई बेलुका सम्झाई बुझाई छाडिएको र सवारीसाधन लकडाउन अवधिभित्र नियन्त्रणमा नै रहने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले साँझसम्म २६ जना पक्राउ परेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय