जनकपुरधाम ।
विश्वव्यापी फैलिदै गरेको कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देशभर नेपाल सरकारले लकडाउन गरेको छ । जनकपुरमा समेत आज विहानैदेखि प्रहरीहरु शहर,बजारदेखि गाउँ गाउँमा पुगेर हाट,बजार, कलकारखाना, पसल बन्द गराउँदै जथाभावी रुपमा बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।

जनकपुरको मुख्य प्रवेशद्धारको रुपमा रहेको चारैतिर प्रहरीहरु खटाइएको छ ।
लक डाउनको उल्लघंन गर्दैै धनुषामा सवारी साधन चलाउने २ सय ६९ जनालाई कारवार्ही गरिएको छ । लक डाउन विपरित बाहिर सवारी साधन चलाउने २ सय ६९ वटा सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मोटरसाइकल, ट्रक, टिपर, ई रिक्सा र खाली गाडी गरी २ सय ६९ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक परशुराम घिमिरेले सरकारले देशभरि लकडाउन गरेको अवस्थामा पनि केहि व्यक्तिले त्यस निर्देशनको पालना नगरी अटेर गरेकाले उनीहरूको सवारी साधनलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय