जनकपुरधाम, राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष शेखर सिंहले राष्ट्रिय सभा सदस्यको टिकटका लागि पार्टी नेतृत्वलाई अढाई करोड रुपैया घुस दिएको प्रकरणले नयाँ मोड लिएको छ ।

सप्तरी जिल्ला संयोजक हरेराम यादवले विभिन्न संचार माध्यममा प्रसारित अडियो टेपका एक प्रमुख पात्र सुरजीत भन्ने गुड्डू सिंहलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको ।

राजपा अध्यक्ष मण्डल सदस्य राजकिशोर यादव निकट संयोजक यादवले एक प्रेस विज्ञप्ति जारी गरी निजमाथि फोन टेपमा केन्द्रिय अध्यक्ष मण्डल विरुद्ध अनर्गल वक्तव्यबाजी गरेको आरोप लगाउंदै पार्टीमा साधारण सदस्य समेत नरहने गरी निष्काश गरेको जनाएको छ ।

विज्ञप्तिमा जिला अध्यक्ष मण्डलले निष्काशन गर्ने निर्णय गरेको भनिएको भएपनि त्यसको कुन अधिकार वा विधानको व्यवस्थाको प्रयोग गरी गरिएको भने खुलाएको छैन । विधानतः गलती गरेको खण्डमा पहिलो चरणमा स्पष्टीकरण लिने प्रावधान छ, तर निजलाई सो मौका नदिई मनपर्दी रुपमा निष्काशन गरिएको देखिन्छ ।

घूस प्रकरणमा प्रमुख केन्द्रविन्दु अर्थात डोनरको रुपमा सप्तरीका पहिलेका सीडीओ एवं पूर्व रक्षा सचिव तिलकराज शर्मा हुन् । घटना सही हो वा गलत भन्ने छानबीनतर्फ पार्टी नेतृत्वकर्ताहरु जान चाहेको अहिलेसम्म देखिदैन । पार्टी श्रोतका अनुसार संयोजक शरत सिंह र अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो कुनै हिसाबले मामिला अगाडि बढाउन देखिदैन ।

उनीहरू आफू अनुकूलको छानबीन समिति बनाएर भएपनि रफादफा गर्न मनसायमा छन । पार्टीका शिर्षस्थ श्रोत अनुसार ‘ शर्मा रक्षा सचिव रहेको बेला शरत सिंह पूर्व रक्षा मन्त्री थिए । निजहरुको सम्बन्ध त्यही बेलादेखि नजिक रहेकोले आफू अनुकुल घटनालाई सामसूम पार्ने प्रयासमा अध्यक्ष मण्डलका केही सदस्यहरु रहेका छन ।

घुस प्रकारणले पार्टी दुई कितामा विभाजन भएका छन । एक पक्ष घटनाको छानबीन गरी लिने र दिने दुवै दोषीमाथि कारवाही हुनुपर्ने पक्षमा छन भने अर्को पक्ष पार्टीको बदनामी हुन सक्ने अनुकुलताको हिसाबले अघि बढने भनी पन्छि रहेका छन ।

घटनामा टिकट लिन शेखर सिंहले अढाई रुपैया घुस पार्टी अध्यक्ष मण्डललाईका सदस्यहरुलाई बुझाएका थिए । कुन कुन अध्यक्षलाई सो रकम बुझाएका छन ती शंका उपशंका उब्जिदै गएपछि पार्टी नेता कार्यकर्ताहरुले घटनाको न्यायिक छानबीनको मांग पार्टी भित्रै गर्न थालेका छन । सभार लाेकपुकार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय