बीरगञ्ज , ९ चैत । नेपालमा पनि कोरोना संक्रमित भएको पुष्टि भएको छ । पर्साको वीरगञ्जमा एक जना ब्यापारीमा कोरोना भएको पुष्टि भएको हो । उनी बीरगञ्जका ब्यापारीक घरानाका ब्यक्ति हुन् । उनलाई कोरोनाको शंका लागेपछि घरमै चिकित्सक बोलाएर सल्लाह गरेका थिए । चिकित्सकको सल्लाह बमोजिम बीगरञ्जको गण्डक अस्पतालमा पुगेका थिए । सो अस्पतालले उनलाई थफ उपचारका लागि भारतको पटना रेफर गरेको थियो । पटनामा गरिएको स्वास्थ्य परिक्षणका क्रममा उनलाई कोरोना भएको पुष्टि भएको हो ।

ति ब्यापारीलाई कोरोना भएको पुष्टि भएपछि उनका परिवारका सबै सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् । ६ दिन अघि उनी वीरगञ्जको गण्डक अस्पतालवाट भारतको पटना पुगेका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सो सो कुरा पुष्टि गरेका छन् ।

सभार ताजा खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय