जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ रमदैयाका एक व्यक्तिमा कोरोनाको आशंका देखिएको छ ।

केही दिन पहिले मलेसियाबाट फर्केका अन्दाजी बर्ष २८ रमदैयाका सुजित यादवमा कोरोनाको आशंका देखिएको हो । गत साता उनलाई सामान्य रुघा खोकी, ज्वरो, टाउँको दुखाई, स्वासप्रस्वास लगायतको लक्षणहरु देखिएपछि शुक्रबार रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा जचाउँन जाँदा भर्ना गरिएको थियो ।

कोरानाको डरले एकै दिनमा ९० हजार सर्वसाधारणले राजधानी छोडे !

अस्पतालमा भर्ना भएका यादवलाई चेकजाँच गर्दा भिन्न प्रकारका लक्षणहरु देखापरेपछि काठमाडौंबाट समेत चेकजाँचका लागि चिकित्सकको टोली आएको थियो ।

काठमाडौंबाट आएका चिकित्सकको टोलीले उनलाई चेकजाँच गरी विभिन्न जाँचका नमूनाहरु परिक्षणको लागि लगिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयको वरिष्ठ अधिकृत विजय झाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय