जनकपुर — प्रदेशको नामाकरणका लागि राखिएको प्रस्तावमा क्रस भोटिङको डरले नेकपाले आफ्‍ना सांसदलाई मत पत्र खसाल्नुअघि मतपत्र देखाउन भनेपछि विवाद भएको छ ।

सत्ता पक्ष राजपा र समाजावादीले प्रस्ताव गरेको ‘मधेस प्रदेश’मा मतादान सुरु भएसँगै नेकपाले आफ्‍ना सांसदले हालेको मतपत्र हेर्न अर्का सांसदलाई लगाएपछि विवाद भएको हो।

नेकपाका सांसद दिलीप साहले मतदान गरेपछि नेकपाकै अर्का सांसद किशोरी साहलाई मतपत्र देखाउँदै मतपेटिकामा मत खसालेका थिए। नेकपाले सत्तारुढ दलले राखेको प्रस्तावको वि‍पक्षमा मत हालेको निश्चित गरेपछि मात्रै आफ्‍ना सांसदलाई मतपेटिकामा मत खसाल्न लगाएपछि विवाद भएको हो।

नेकपाले पार्टीको ह्विप नमान्‍न सक्ने सांसदहरुको सूची नै तयार पारेर उनीहरुको पछाडि अर्को सांसद खटाएर मतपत्र देखाएर मतपेटिकामा खसाल्न लगाएको छ।

प्रदेश २ को नामकरण लागि जारी मतदानमा ‘क्रस भोटिङ’ भएपछि प्रतिपक्ष कांग्रेसले पनि आफ्‍ना पार्टीका सांसदहरुलाई ह्विप जारी गरेको छ।

प्रदेशको नामकरणका लागि नेकपा, कांग्रेस र बारा-पर्साका सांसदले राखेको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। नेकपाले प्रदेशको नाम ‘जानकी’, कांग्रेसले ‘मिथिला-भोजपुरा’ र बारा-पर्साका सांसदले ‘मध्य मधेस’ नाम प्रस्ताव गरेका थिए।
सभार
https://ekantipur.com/news/2020/03/17/158445322528465995.html

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय