धनुषा/ जनकपुरधाम। धनुषामा खुल्ला मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नपाको रमदैया सहितको स्थानमा खुल्ला मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३÷३ लाख राहत उपलब्ध गराउने भएको छ ।
आज विहानै शोकमग्न रमदैया पुग्नु भएका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरु प्रति समवेदना व्यक्त गर्दै प्रति मृतक ३÷३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गर्नु भएको हो । खुल्ला विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोही लाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु हुँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताउनु भयो ।
उहाँले प्रदेश सरकार चाडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तैयारीमा रहेको समेत बताउनु भयो ।
रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आजै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताउनु भयो ।
रमदैया पुगेको टोलीमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पूर्व सभासद उर्मिला साह सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय