हाम्रो जनकपुर

बढ्दो मागको ग्यासलाई मध्यनजर गर्दै नेपाली विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गले केही समय अगाडी भनेको कुरालाई स्मरण गर्दै हामी आम नेपालीहरुमा ग्यासको खपत कम गरेर बिजुलीका सामानहरुबाट खान पकाउनको लागि अनुरोध गर्दछौं ।

१८ घण्टासम्मको विद्युत कटौती भोगेका नेपालीहरूले खानापकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा बिजुलीलाई मान्न तयार भइसकेका छैनन् । त्यसो त अहिले पनि प्राविधिक कारणले छिटपुट बत्ती जाने क्रम चलिरहेकै छ । प्राधिकरणले यसलाई आगामी दिनमा सुधार गर्ने बाचा गरिरहेको छ ।

उपभोक्ताले ग्यासलाई प्राथमिक ऊर्जाको रूपमा प्रयोग गरेकाले ग्यास र विद्युत् कुन सस्तो भन्ने राम्रो तुलना नै हुन सकेको छैन । ग्यासको तुलनामा विद्युत् ऊर्जा सस्तो हुने सहज आँकलन गर्न सकिन्छ । साथै, नेपालको व्यापार घाटा न्युनिकरणका लागि समेत यसले टेवा मिल्न सक्ने भएकाले ग्यासलाई बढिभन्दा बढि विद्युतले प्रतिस्थापन गर्नु देशहितमा हुन्छ ।

२०७५ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टीतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय