काठमाडौं – सरकारले दैनिक उपभोग्य वस्तुको अभाव नभएकाले नआत्तिन सार्वसा धारणलाई आग्रह गरेको छ । ग्याससँगै अन्य दैनिक उपभोग्य वस्तुको आपूर्ति भैरहेकाले अभाव नहुने र कालोबजारी र कृत्रिम अभाव हुन नदिने सरकारको दाबी छ ।

कोरोना भाइ रसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरका रले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो ।

संयुक्त सर्भे टोलीले नेपाली भूमिमा सीमा स्तम्भ गाडेको भन्दै स्थानीयले गरे तोडफोड

ग्यासको आपूर्ति सहजै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् ।

उनले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई का’रबाही हुने पनि बताए । कोही कसैले ग्यास लुकाएको थाहा पाए वा ग्यास नदिए फोन नम्बर ११३७ मा वा ९८५११४४१८९ मा सम्पर्क गरेर जानकारी दिन पनि महानिर्देशक सुवेदीले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय