जनकपुरधाम, धनुषा । नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनककपुरधाम उपमहानगरपालिकामा पत्रकारमाथि कुटपिट घटनामा सलग्नमाथि प्रशासनले कारवार्ही गर्न नसकेको ठहर गरेका छन् । नेपाल पत्रकार महासंघ धनुषा शाखामा संघर्ष समितीका संयोजक किरण कर्णको अध्यक्षतामा बसेको संचारकर्मीहरुको बैठकले स्थानिय प्रशासनले पत्रकार कुटनेमाथि कारवार्ही गर्न नसकेको भन्दै ७ दिनभित्रमा अदालत जाने निर्णय गरेका हुन् ।
यता, संघर्ष समितीको निर्णय विरुद्ध जाने पत्रकार र संचार माध्यमलाई समेत कारवार्ही गर्न ३ सदस्यीय मुद्दा हाल्ने टोली गठन गरेका छन् । अजय अनुरागीको संयोजकत्वमा पत्रकार घनश्याम मिश्र र दिपक कर्ण सदस्य रहने गरि ३ सदस्यीय कारवार्ही समिति गठन गरेका छन् ।
सो समितिले छानबीन गरि पत्रकारा महासंघ धनुषा शाखालाई शाखामा प्रतिवेदन बुझाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय