जनकपुरधाम,चैत १ गते : धनुषामा घरेलु मदिरा सेवनबाट १५ जनाको मृत्युपछि प्रहरी भट्टी तथा मदिरा नष्ट गर्ने अभियान थालेको छ । शनिबार बिहानैदेखि थालेको अभियान अन्तर्गत अपराहन्नसम्म ७ वटा मदिरा भट्टी र हजारौं लिटर कच्चापदार्थ नष्ट गरेको छ ।

४ हजार लिटर मदिरा तयार पार्ने कच्चापदार्थ, ८ सय लिटर तयारी मदिरा र ६८ वटा मदिरा बनाउने भाडाकुडा नियन्त्रणमा लिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले गाउँ गाउँमा रहेको घरेलु मदिरा भट्टी खोजेर तिव्र रुपमा नष्ट पार्ने अभियान थालेको हो ।

दुईसाता यता शनिबार सम्म धनुषामा मदिरा सेवनबाट १५ जनाको मृत्युु भएको छ । जसमा बुधबार यता मात्रै ११ जनाको मृत्युु भएको छ भने झण्डै एक दर्जन सिकिस्त छन् ।

कोरोनाले इटलीमा एकै दिन २५० को मृत्यु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय