हाम्रो जनकपुर डेस्क ।

विवाहको प्रलोभन दिएर करिव २ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी २० वर्षीया केटीलाई प्रेमीले धोखा दिएपछि उनी ४ महिनाको गर्भ बोकेर न्यायको लागि चारैतिर भौतारि रहेकी छिन् । आफुलाई विवाहको प्रलोभन दिएर गर्भ बोकाएर अहिले प्रेममा धोखा दिएर दायित्वबाट पन्छिन खोजेको पिडितले आरोप लगाएकी छिन् ।
आफुलाई गर्भ बोकाएर दायित्वबाट पन्छिएको भन्दै जलेश्वर नगरपालिका–१७ फुलहटा घर भई पढाईको लागि जनकपुरधाम उपमहानगरपालिका–४ बस्दै आएकी २० वर्षीया युवतीले माघ महिनाको पहिलो हप्तामै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी बताइन् ।
धनुषाको क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर स्थायी घर भई मोवाइल पसलमा जागिरको क्रममा हाल जनकपुरधाम –४ बस्दै आएका जगत श्रेष्ठको २० वर्षीय छोरा शिवराज श्रेष्ठले आफुलाई विवाह गर्ने प्रलोभन दिएर गर्भवती बनाएको पिडितको युवतीको आरोप छ ।
डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको आफुलाई विवाह गर्ने प्रलोभन दिएर उनले काम गर्ने अफिसदेखि आफनो आमा, वुवा, बहिनीसंग चिनजान समेत गराएको र उनको डेरा २० दिन लगातार बसेको बताएकी छिन् । पहिलेदेखि आफुलाई विवाह गर्ने भने पनि अहिले आफुलाई नचिन्ने गरेको प्रतिक्रिया दिदै आएकाले आफुलाई न्यायको लागि पहल गरि दिन संचारकर्मीहरुलाई आग्रह गरेकी छिन् ।
पिडितले भनिन् आफुलाई दिनहुँ मानसिक तनाव दिदै आएको छ । ४ महिनाको गर्भ तुहाउनको लागि आफनो घर परिवार र केटा पक्षले दवाव दिदै आएको बताएकी छिन् ।
आफुलाई न्याय दिलाउनको लागि पहल गर्ने प्रहरी, मानवअधिकारकर्मी, महिलाअधिकारकर्मीहरुले समेत आफुलाई मिलेर बस्न आग्रह मात्रै आएको तर पिडकलाई समातेर नल्याएको गुनासो गरेकी छिन् । उनले आफुले न्यायको लागि सम्बन्धित निकायमा डेढ महिनादेखि धाएको छु, चारैतिरबाट गर्भ तुहाउन दवाव छ, आफुलाई माया गर्ने प्रेमी निष्ठुरी भएको छ, आफनो आमा, वुवा, घरपरिवारले समाजमा आफनो इज्जत डुवायो भनेर तनावमा छ, आफुलाई न्याय दिलाउन ढिला भए आत्म हत्या गर्न सोच आउन लागेको गुनासो गरेकी छिन् ।
आफु विना कामको अहिले साथीको घरमा डेरा गरि बसेको छु, आफुलाई चारैतिरबाट समस्या भएको छ, न्यायको लागि पहल गरि दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय