धनुषामा अत्यधिक मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १ र २ मा अत्यधिक मदिरा सेवनका कारण पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताउनुभयो । मृत्यु हुनेमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. २ बस्ने ३५ वर्षिय ब्रम्हदेव यादव, ४० वर्षिय विलास मण्डल, ६५ वर्षिय गुदरी महरा, ३० वर्षिय राजु महरा र वडा नं. १ बस्ने ३६ वर्षिय रामनारायण महरा रहेको प्रहरी निरीक्षक नायकले जानकारी दिनुभयो । मदिरा सेवन गरेर सिकिस्त भएका २७ वर्षिय इन्द्रजीत महरालाई थप उपचारको लागि धरान लगिएको छ । बुधबार धनुषा जिल्लामा होली पर्व मनाइएको थियो । होलीमा अत्यधिक मदिरा सेवन गरेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पाँच जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु भएपछि रमदैया गाउँ शोकमा डुबेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय